२८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले मुक्तिनाथ क्षेत्रलाई प्लास्टिकमुक्त बनाउन निर्देशन दिएका छन् ।
धार्मिक पर्यटनको विकास र पूर्वाधार स्तरोन्नतिको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रको भ्रमण गरेको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा उनले स्थानीय र तीर्थयात्रुसँग अन्तरक्रिया समेत गरेका थिए । उनले मन्दिर क्षेत्रको सरसफाई, जुत्ता–चप्पलको उचित व्यवस्थापन र सो क्षेत्रलाई पूर्ण रुपमा प्लास्टिकमुक्त बनाउन निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4