+
+
Shares

कोशी पम्प नहरको बाँध भत्कियो, झलही क्षेत्रमा डुबान

बाँध भत्किंदा झलही क्षेत्र डुबानमा परेको छ । त्यहाँको खेतीयोग्य जमिनमा ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ असार २९ गते ३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको राजविराज नगरपालिका-११ स्थित कोशी पम्प नहरको बाँध भत्किँदा दुई बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ ।
  • नहरको पानी खेतमा पसेर धानबालीसहितको बालीनालीमा क्षति पुगेपछि स्थानीय किसानहरूले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ ।
  • स्थानीय सचिदानन्द यादवले प्रभावित किसानलाई उचित क्षतिपूर्ति दिन र भत्किएको बाँध तत्काल मर्मत गर्न सरकारसँग आग्रह गरेका छन् ।

२८ असार, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किंएको छ ।

बाँध भत्किंदा उक्त क्षेत्रमा करिब २ बघाभन्दा धेरै खेतीयोग्य जमिन डुबानमा परेको छ । बाँध भत्किएपछि नहरको पानी खेतमा पसेर धानबालीसहित खेतीयोग्य जमिनमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

स्थानीय नेना सचिदानन्द यादवले डुबानका कारण किसानहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताएका छन् ।

उनले प्रभावित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । साथै तत्काल भत्किएको बाँध मर्मत गरी थप क्षति हुनबाट रोक्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?