+
+
Shares

अनलाइनखबरको गेटमा राखिएको शंकास्पद गाडी क्रेन प्रयोग गरेर हटाइयो (तस्वीरहरू)

अनलाइनखबरको गेट अगाडि सोमबार बिहान शंकास्पद रूपमा राखिएको गाडी क्रेनको प्रयोग गरी हटाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँका तीन प्रमुख सञ्चारमाध्यमको कार्यालय अगाडि सोमबार बिहान शंकास्पद रूपमा राखिएका सवारीसाधन प्रहरीले क्रेन प्रयोग गरी हटाएका छन् ।
  • घटना नियोजित र शंकास्पद रहेको भन्दै नेपाल पत्रकार महासंघले तत्काल छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
  • महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकार र सञ्चारगृहको सुरक्षाका विषयमा संवेदनशील हुन आग्रह गर्दै सुरक्षा व्यवस्था कडा पार्न सरकारलाई आग्रह गरेकी छन् ।

२९ असार, काठमाडौं । अनलाइनखबरको गेट अगाडि सोमबार बिहान शंकास्पद रूपमा राखिएको गाडी क्रेनको प्रयोग गरी हटाइएको छ ।

गाडीहरू कार्यालयभित्र प्रवेशमा अवरोध गर्ने गरी शंकास्पद रूपमा राखिएको गाडी प्रहरीले क्रेनको मार्फत हटाएको हो ।

अनलाइनखबर, sf शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए ।

नयाँ बानेश्वरस्थित अनलाइनखबर, तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद रूपमा गाडी राखिएका थिए ।

तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका छन् । तर गाडी कसले राख्यो भन्नेबारे अहिलेसम्म प्रहरीले ठोस रूपमा पत्ता लगाएको छैन ।

नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।

महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुऱ्याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।

महासंघ अध्यक्ष निर्मला शर्मा सहितको टोलीले अनलाइनखबर लगायत हाउसमा गएर स्थितिको निरीक्षण गरेको छ । शर्माले घटना शंकास्पद र नियोजित प्रकृतिको भएको भन्दै पत्रकार र मिडिया हाउसको सुरक्षाका विषयमा संवेदनशील हुन सरकारलाई आग्रह गरेकी छन् ।

त्यस्तै अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले पत्रकारहरूलाई सुरक्षित रूपमा काम गर्ने वातावरण तयार गर्न भूमिका खेल्नका लागि महासंघको टोलीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?