+
+
Shares

शिक्षा शाखाका अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ

दाङमा शिक्षा शाखाका अधिकृतमाथि मोबिल छर्किने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १५:५४

२९ असार, काठमाडौं । दाङमा शिक्षा शाखाका अधिकृतमाथि मोबिल छर्किने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ का वडासदस्य ४२ वर्षीय उत्तम बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीले शनिबार घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत अजय बोहोरालाई मोटरसाइकलमा सवार रहेका बेला रोकेर उनको शरीरमा मोबिल छर्किएका थिए । घटनापछि बुढाथोकी फरार रहेको प्रहरीले जनाएको छ ।

बुढाथोकीमाथि घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्य राखेर शिक्ष अधिकृत बोहोरामाथि मोबिल छर्किएको आरोप छ ।

बुढाथोकीविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सोमबार घोराही उपमहानगरपालिका–१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?