+
+
Shares

सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा, घटे सबै सूचक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सेयर बजार परिसूचक नेप्से ३०.६० अंकले घटेर २५७० अंकमा सीमित भएको छ, जुन गत मंसिर ४ गतेयताकै न्यून बिन्दु हो ।
  • बजारमा उच्च गिरावट आए पनि कारोबार रकम भने बढेर ७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ, जुन वैशाख ९ यताकै उच्च कारोबार हो ।
  • आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको घटेको छ र सबै समूहगत सूचकमा गिरावट देखिएको छ ।

२९ असार, काठमाडौं । सोमबार सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा झरेको छ । यस दिन बजार परिसूचक नेप्से ३०.६० अंक घटेसँगै २५७० अंकमा कायम भएको छ । नेप्सेको यो अंक गत मंसिर ४ गतेयताकै न्यून हो । सो दिन नेप्से २५६० अंकमा थियो ।

बजारमा उच्च गिरावट आउँदा कारोबार रकम भने बढेको छ ।  अघिल्लो दिन ६ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । यो कारोबार रकम भने वैशाख ९ यताकै उच्च हो ।

आज दिनभरजसो बजार रातो रह्यो । २२ कम्पनीको मूल्य बढ्दा २४९ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.३० प्रतिशत घट्यो ।

बैंकिङ ०.६८, विकास बैंक ०.८३, फाइनान्स १.३२, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.९८, लगानी ०.८८, जीवन बीमा १.०७, उत्पादन तथा प्रशोधन १.३६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.७५, अन्य ०.८५ तथा व्यापार २.३० प्रतिशत घटे ।

सामुदायिक लघुवित्तको मूल्य ५.३७ तथा आत्मनिर्भर लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो ।  उपकार लघुवित्तको मूल्य ११.२८ प्रतिशत घट्यो ।

बुद्धभूमि हाइड्रोपावरको ७.४७, दिव्यश्वरी हाइड्रोपावरको ६.५१, हिमस्टार ऊर्जाको ६.४२ तथा टक्सार पिखुवाखोला हाइड्रोपावरको ६.२४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार हुनेमा ऋणपत्र अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?