News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरूको प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न नसक्ने बताए।
- थापाले आफ्नो घर अगाडि प्रशासनको गाडी प्रयोग गरी शंकास्पद रूपमा गाडी राखिनुले सरकारले प्रश्न गर्नेको मुख थुन्न खोजेको आरोप लगाए।
- सरकारको यस्तो प्रवृत्ति खेदजन्य रहेको भन्दै उनले नागरिकको प्रश्न गर्ने हक र हिम्मत कसैले खोसेर नखोसिने जिकिर गरे।
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरूको प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन् ।
पार्टीको एक कार्यक्रममा सोमबार सम्बोधन गर्ने क्रममा उनले आफ्नो पूरानो घर रहेको रातोपुलमा समेत शंकास्पद तरिकाबाट गाडी राखिएको जानकारी गराउँदै यस्तो बताएका हुन् ।
सरकार आफैं प्रश्न गर्नेको मुख बन्द गर्न लागिरहेको बताउँदै यो अचम्मको विषय रहेको बताएका छन् ।
‘सरकार आफैं प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्नका लागि ऊ आफैं ओर्लिएर आएको छ । यो चाहिँ सबैभन्दा अचम्मलाग्दो कुरा पनि हो । हामी सबैले ध्यान दिनुपर्ने कुरा पनि हो । पार्टीको तर्फबाट अहिले यति नै भन्छौं, यी सबै कुराहरू खेदजन्य छन्,’ सभापति थापाले भनेका छन् , ‘यी कुराहरूले सोसाइटी, कांग्रेस वा कसैको प्रश्न गर्ने कुराको हक कसैले खोस्न सक्छ, न हाम्रो हिम्मत कसैले खोस्न सक्छ । हाम्रो हक पनि कसैले खोसेर खोसिँदैन ।’
सभापति थापाले हिजो यस्तै कारणले पूराना दलहरूले गुमाएको स्मरण गर्दै अहिले पनि सोही प्रवृत्ति दोहोरिनु गम्भीर विषय रहेको जिकिर गरे ।
‘हिजो यस्तो कारणले गुमायो भनियो, आज पनि गुमाएर गएका छन् । त्यो गहिरो विषय हो । चिन्तन गरौं, किन यस्तो भइरहेको छ । अझै नयाँ नयाँ घटनाहरू नघटुन् भनेर हाम्रो सामूहिक चिन्ताको विषय हुनुपर्छ,’ सभापति थापाले भनेका छन् ।
यस्तो छ थापाको सम्बोधनको सम्पादित अंश :
जहाँ मेरो घर पहिला थियो, त्यसको मुखमा एउटा गडी राखिदिएको छ । ७ बजे दुईजना साथीहरूले आएर राख्नुभएको रे, त्यहाँको स्थानीय साथीहरूले भने अनुसार । त्यसको ध्यान दिनुपर्ने वा अचम्म लाग्ने कुरा चाहिँ त्यो गाडी राखिसकेपछि त्यहाँका प्रत्यक्षदर्शीले बताए अनुसार, गाडी राख्ने मान्छे चाहिँ प्रशासनको गाडी चढेर गएको छ । दिउँसो स्थानीयहरूले खबर गर्नुभएको रहेछ, यसमा अचम्म लाग्ने कुरा चाहिँ सरकार आफैंले गरिरहेको छ ।
सरकार आफैं प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्नका लागि ऊ आफैं ओर्लिएर आएको छ । यो चाहिँ सबैभन्दा अचम्मलाग्दो कुरा पनि हो । हामी सबैले ध्यान दिनुपर्ने कुरा पनि हो । पार्टीको तर्फबाट अहिले यति नै भन्छौं, यी सबै कुराहरू खेदजन्य छन् । यी कुराहरूले सोसाइटी, कांग्रेस वा कसैको प्रश्न गर्ने कुराको हक कसैले खोस्न सक्छ, न हाम्रो हिम्मत कसैले खोस्न सक्छ । हाम्रो हक पनि कसैले खोसेर खोसिँदैन ।
हिजो यस्तो कारणले गुमायो भनियो, आज पनि गुमाएर गएका छन् । त्यो गहिरो विषय हो । चिन्तन गरौं, किन यस्तो भइरहेको छ । अझै नयाँ नयाँ घटनाहरू नघटुन् भनेर हाम्रो सामूहिक चिन्ताको विषय हुनुपर्छ ।
हामीले गरेको कुरा के हो, जहाँ आलोचना गर्नुपर्ने हो, त्यहाँ आलोचना गरेको, जहाँ प्रश्न गर्नुपर्ने हो, त्यहाँ प्रश्न गरेको हो । आज मेरो घर अगाडि गाडी राखेको होइन, त्यो मेरो मुख थुन्न खोजेको हो । त्यो तर्साएको हो । प्रश्न गरिस् भने भनेर खबरदार गरेको हो । किनभने त्यहाँ नागरिक आएर राखेको होइन, त्यहाँ गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको छ । विनम्रतापूर्वक सरकारलाई भन्न पर्छ ।
किनभने यो पूराना फिल्म हेरेजस्तो याद आउने भयो नि त । त्यही गल्लीबाट छिरेर कुनैबेला प्रहरी मेरो घरमा आएकै हो । कुनै बेला आर्मी पनि आएकै हो । त्यो मेरो गल्लीले पनि धेरै कुरा देखिसक्यो । हामी सबैले देखिसक्यौं ।
नेपाली सोसाइटीले प्रश्न गर्न पाउनुपर्छ भन्ने कुरा आजको होइन । हाम्रो नेता जननायक बीपी कोइरालालाई २००३ सालमा जस्तो लाग्छ मलाई, मोहनशमशेरले बाबु ओठ निचोर्दा दूध आउँछ जस्तो छ, यस्तो मान्छे के को राजनीति गरेको ? खुरुखुरी घरमा गएर बा आमासँग बस्नु भन्दैगर्दा, सरकार यो पुर्पुरोमा लेखेर शासन गर्ने दिन गए, भनेर त्यहाँबाट फर्किएर आएपछि सुरु भएको पार्टी हो, नेपाली कांग्रेस पार्टी । हामी त्यो पार्टीका कार्यकर्ता हौं । यो प्रश्न गर्ने समाज बनाउनकै लागि त हो हाम्रो यत्रो समयको लडाईं ।
प्रतिक्रिया 4