News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
- मन्त्री पोखरेलले भक्तपुरस्थित होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेका छन् ।
- मन्त्री पोखरेलले सुकुमवासी बस्तीका बालबालिकाको पठनपाठनमा आवश्यक सहयोग र समन्वय निरन्तर रहने बताएका छन् ।
२९ असार, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
भक्तपुरस्थित खरिपाटी र बोडे होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गर्दै मन्त्री पोखरेलले होल्डिङ सेन्टरका बालबालिकाको पठनपाठनमा आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिइने बताए ।
सुकुमवासी बस्तीका बालबालिका होल्डिङ सेन्टरमा छन् । उनीहरूको पठनपाठनमा सहयोग गर्ने मन्त्री पोखरेलले बताएका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4