+
+
Shares

अभिनेत्री कर्णले दिइन् चलचित्र कलाकार संघमा उजुरी, घटनाबारे छानविनको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री काजल कर्णले फिल्म ‘चिरञ्जीवि भवः’ को छायांकन सेटमा दुर्व्यवहार भएको भन्दै चलचित्र कलाकार संघमा मंगलबार उजुरी दर्ता गराएकी छन् ।
  • संघका अध्यक्ष उत्तम केसीले आरोपित व्यक्ति र अभिनेत्री कर्णलाई छलफलका लागि बोलाइएको र आवश्यक परेमा छायांकन समेत रोकिने बताएका छन् ।
  • प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद निनुकुमारी कर्णले अभिनेत्रीमाथि भएको दुर्व्यवहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।

काठमाडौं । अभिनेत्री काजल कर्णले आफूमाथि छायांकन सेटमा दुव्र्यवहार भएको भन्दै फिल्म ‘चिरञ्जीवि भवः’ विरुद्ध मंगलबार चलचित्र कलाकार संघमा उजुरी दिएकी छन् ।

संघका अध्यक्ष उत्तम केसीले इमेलमार्फत उजुरी प्राप्त भएको बताए । उजुरीमा कर्णले आफूलाई फिल्मको सेटमा दुव्र्यवहार गरिएको र त्यसमा संलग्न व्यक्ति र प्रोडक्सन टिममाथि छानविन हुनुपर्ने माग गरेकी छन् ।

साथै, भविष्यमा कलाकारविरुद्ध यस्तो हर्कत नगरियोस् भन्ने प्रतिबद्धताको माग पनि उनको छ । उनले घटनाको स्वतन्त्र र निश्पक्ष छानविनको माग गरेकी छन् ।

उजुरी प्राप्त भएपछि अध्यक्ष केसीले दुवै पक्षलाई सम्भवतः आज वा भोलि छलफलमा डाकिने बताए । ‘कुरा गम्भीर हुँदै गएपछि अब केही दिनको लागि छायांकन रोकेर भएपनि आरोपित व्यक्तिहरू छलफलमा आउनुपर्छ र कर्णजीलाई पनि बोलाएका छौं’ केसीले भने ।

दुवै पक्षको परस्परविरोधी कुरा आएपछि छलफलमा डाकिएको केसीले बताए । मंगलबार प्रतिनिधिसभाको बैठकमा पनि अभिनेत्री कर्णलाई न्याय दिनुपर्ने माग उठेको छ ।

कांग्रेस सांसद निनुकुमारी कर्णले घटनामा संलग्नमाथि छानविनको माग गरेकी छन् । तर, अभिनेत्री कर्णको आरोपमा कुनै सत्यता नरहेको दाबी यस फिल्मका निर्देशक दीपक आचार्य काकुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?