+
+
Shares

काठमाडौं-हेटौंडा आउजाउ गर्ने दुई राजमार्गमा राति गाडी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौंडा-भैंसे-काठमाडौं र हेटौंडा हुँदै काठमाडौं आउजाउ गर्ने कान्ति राजमार्ग मंगलबार साँझ साढे ६ बजेदिख बुधबार बिहान ५ बजेसम्म बन्द हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १८:२३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा र काठमाडौं जोड्ने दुई प्रमुख राजमार्ग बाढी र पहिरोको उच्च जोखिमका कारण रातिको समयमा बन्द गर्ने निर्णय भएको छ।
  • मकवानपुर जिल्ला प्रशासन कार्यालयका अनुसार कान्ति राजमार्ग र हेटौंडा-भैंसे-काठमाडौं सडकखण्ड मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ५ बजेसम्म बन्द रहनेछन्।
  • अविरल वर्षाका कारण सडकमा पहिरो खस्ने र बेलिब्रिज मर्मत कार्य प्रभावित हुने जोखिम देखिएपछि सुरक्षाका लागि यो कदम चालिएको हो।

३० असार, काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने दुई वटा राजमार्ग रातिको समयमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौंडा-भैंसे-काठमाडौं र हेटौंडा हुँदै काठमाडौं आउजाउ गर्ने कान्ति राजमार्ग मंगलबार साँझ साढे ६ बजेदिख बुधबार बिहान ५ बजेसम्म बन्द हुनेछन् ।

बाढी पहिरोको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन रोक्ने निर्णय गरेको हो ।

२८ असारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढ्दै गएको, मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेको,  बागझोर क्षेत्रमा  जुनसुकै समयमा गेग्रानसहितको भेल आउन सक्ने जोखिम रहेको, भीमफेदीस्थित बेलिब्रिज मर्मततको क्रममा रहेको तथा वैकल्पिक डाइभर्सन बाढीले बगाएको, साथै हेटौंडा-भीमफेदी-सिस्नेरी हुँदै काठमाडौं जाने सडकखण्डमा वर्षा हुनासाथ ढुंगा खस्ने  तथा पहिरो जाने उच्च जोखिम कायम रहेकोले यात्रुको सुरक्षा तथा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी आवागमन बन्द गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?