+
+
Shares

फिल्म ‘आशा’ को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १४:४५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उडान स्टुडियोको प्रस्तुतिमा बन्न लागेको कथानक फिल्म ‘आशा’ को छायांकन बिहीबारदेखि काठमाडौँ उपत्यकाबाट सुरु भएको छ ।
  • निर्मात्री शर्मिला थापाले साउन महिनाभित्र फिल्मको सम्पूर्ण छायांकन सक्ने योजना रहेको जानकारी दिइन् ।
  • निर्देशक राजीव गुरुङले फिल्मले मनोरञ्जनका साथै महत्त्वपूर्ण सामाजिक सन्देश दिने बताएका छन् ।

काठमाडौँ । उडान स्टुडियोको प्रस्तुति हुने कथानक फिल्म ‘आशा’ को छायांकन सुरू भएको छ । काठमाडौं उपत्यकाबाट विहिबारदेखि छायांकन थालिएको हो ।

केही दिन उपत्यकामा छायांकन भएपछि काभ्रेको नमोबुद्ध र धुलिखेल आसपासमा बाँकी छायाँकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिइन् ।

‘हामी योजना अनुसार नै छायांकनमा निस्किएका छौँ । साउन महिनाभरमा छायांकन सकिने तयारी अनुरुप सुरुआत गरेका छौँ । नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माझ ल्याउने छौँ’, उनले भनिन् ।

छायांकनको पहिलो दिन अभिनेता सशांक मैनाली र बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले सट् दिएका थिए । फिल्ममा महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीको पनि अभिनय हुनेछ ।

राजीव गुरुङ निर्देशक हुन् । निर्देशकसँगै पटकथाकार रहेका गुरुङले फिल्मले मनोरन्जनसँगै दिने सन्देश महत्वपूर्ण रहेको बताए । उनले फिल्मलाई मनदेखि नै तयार गर्न लागिएको बताए ।

फिल्ममा सह–लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, छायांकार नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?