News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ ।
- अदालतले घुस दिएको आरोपमा व्यवसायी दिपक आनन्दलाई पनि आठ वर्षको कैद सजाय तोकेको छ ।
- विशिष्ट पदमा रहेर भ्रष्टाचार गरेको भन्दै पौडेललाई थप छ महिना कैद र दुवैलाई एक करोड ५४ लाख रुपैयाँ जरिवानाको फैसला गरिएको छ ।
३२ असार, काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा आठ वर्ष कैद सजाय तोकेको हो ।
विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दिपक आनन्दलाई पनि आठ वर्षकै कैद सजाय तोेकेको छ । अनि नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप छ महिना कैद तोकेको हो ।
रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरुसँग विगो कायम गरेको छैन । तर घुस लिएको भनिएको रकम तीन करोड ८ लाख रुपैंयालाई दामासाहीमा बाँडेर एक करोड ५४ लाख रुपैंयाका दरले जरिवानाको फैसला गरेको हो ।
प्रतिक्रिया 4