+
+
Shares

मुग्लिन-नागढुंगा सडकखण्डमा पहिरो खस्यो, सडक पूर्ण रूपमा अवरुद्ध

मुग्लिङ–नागढुंगा सडकखण्ड(पृथ्वी राजमार्ग) अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० वासिङमा सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते २०:००

३२ असार, काठमाडौं । मुग्लिङ–नागढुंगा सडकखण्ड(पृथ्वी राजमार्ग) अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० वासिङमा सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरकिा अनुसार अहिले साँझ करिब १८:२० बजे सडक माथिबाट एक्कासी सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने कार्यमा जुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पहिरोका कारण काठमाडौं–पोखरा तथा अन्य गन्तव्यतर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । सडक खुलाउन सडक विभागसँग समन्वय गरी आवश्यक उपकरणको प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने सवारीसाधनलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ ।

उता जिल्ला प्रशासन कार्यालय धादिङले पनि जवाङ खोलामा ठूलो पहिरो खसेको र खस्ने क्रम अझै चलिरहेको बताएको छ । जसले जोखिम सिर्जना गरेको भन्दै प्रशासनले उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?