+
+
Shares

धादिङ जवाङखोलामा पहिरो, पृथ्वी राजमार्ग बन्द

सडक अवरोधका कारण अहिले सबै प्रकारका सवारीसाधन आवतजावत रोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको जवाङखोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
  • जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडक अवरोधका कारण सवारीसाधनको आवतजावत पूर्णरूपमा रोकिएको छ ।
  • सडकमा खसेको पहिरो हटाउने प्रयास जारी रहेको र काम सकिएपछि थप सूचना जारी गरिने बताइएको छ ।

३२ असार, काठमाडौं । नागढुङ्गा-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङ जवाङखोलामा पहिरो गएको छ ।

जसका कारण पृथ्वी राजमार्ग बन्द भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

कार्यालयका अनुसार सडक अवरोधका कारण अहिले सबै प्रकारका सवारीसाधन आवतजावत रोकिएको छ । सडक अवरोध हटाउनासाथ अर्को सूचना जारी गरिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?