News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सेयर बजारमा उत्साह देखिएको छ र कारोबार सुरु भएको दुई घण्टामै नेप्से परिसूचक ६२ अंकले बढेर २६६० विन्दुमा पुगेको छ ।
- आजदेखि सेयर बजारमा नयाँ पूँजीगत लाभकर लागु भएको छ जसमा एक वर्षभन्दा कम अवधिको सेयरमा १० प्रतिशत र बढीमा साढे ७ प्रतिशत कर लाग्नेछ ।
- बजारका सबै समूहगत सूचकमा वृद्धि देखिएको छ भने २५२ कम्पनीको सेयर मूल्य बढ्दा आँखुखोला जलविद्युत् र रिडी पावर लगायतका कम्पनीको कारोबार उच्च रहेको छ ।
१ साउन, काठमाडौं । शुक्रबार सुरुवातदेखि नै सेयर बजारमा उत्साह देखिएको छ । कारोबार सुरु भएको २ घण्टामै बजार परिसूचक नेप्से ६२ अंक बढेको छ । सो वृद्धिपछि १ बजेसम्म नेप्से परिसूचक २६६० अंकमा कायम भएको छ ।
यतिबेलासम्म २ अर्ब २६ करोडको कारोबार भएको छ । बजारका सबै समूहगत सूचक बढेका छन् । जलविद्युत् र उत्पादन ३ प्रतिशतभन्दा धेरै बढेका छन् । त्यस्तै होटल, अन्य र फाइनान्स २ प्रतिशतभन्दा धेरै बढेका छन् ।
२५२ कम्पनीको मूल्य बढ्दा २० को मात्रै घटेको छ । धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, रिलायन्स स्पिनिङ र ङादी ग्रुप छन् ।
आजदेखि नै सेयर बजारमा बढेको पूँजीगत लाभकर लागु भएको छ । १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बेचेको सेयरमा नाफाको साढे ७ प्रतिशत र १ वर्षभन्दा कम अवधि होल्ड गरेर बेचेको सेयरमा आजदेखि १० प्रतिशत पूँजीगत लाभकर लागु भएको हो ।
प्रतिक्रिया 4