News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हल कोरोना महामारीपछि लामो समय बन्द रहेर पुनः सञ्चालनमा आएको छ।
- हल व्यवस्थापनले भवन र प्राविधिक पक्षको मर्मत सुधार गरी शुक्रबारदेखि नयाँ फिल्म प्रदर्शन गर्न थालेका छन्।
- आठ पर्दा र ४१ देखि २६० सिट क्षमताका अडिटोरियम रहेको उक्त हलले हाल गौंथली र द ओडिसी लगायतका फिल्म प्रदर्शन गरिरहेको छ।
ललितपुर । ग्वार्कोस्थित गुण सिनेमा हल पुनः सञ्चालनमा आएको छ । शुक्रबारदेखि रिलिज भएका केही फिल्म देखाउँदै हल लामो समयपछि सञ्चालनमा आएको हो ।
कोरोना महामारीपछि हल बन्द थियो । भवन र प्राविधिक पक्षको मर्मतसुधार गर्दै हल पुनः सञ्चालनमा ल्याइएको प्रेषित विवरणमा जनाइएको छ ।
कुल ८ पर्दा रहेको हलमा ४१ देखि २६० सिट क्षमताका अडिटोरियम छन् । सर्भर, स्पिकर, ध्वनि र प्रोजेक्टरमा सुधार गरिएको जनाइएको छ ।
२०५२ सालमा खुलेको यो हलले नेपाली फिल्मको व्यवसायमा योगदान दिएको छ । गुण हलले ०७९ बैशाखबाट दरबारमार्गमा दरबार सिनेम्याक्स सञ्चालन गरिरहेको छ । अहिले हलमा गौंथली, द ओडिसी, धमाल ४ लगायतका फिल्म प्रदर्शन भैरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4