News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक भएको छ ।
- बाबुल गिरीको शब्द र संगीत रहेको गीतमा सहिमा श्रेष्ठ र रवि ओडले स्वर दिएका छन् ।
- राजबहादुर सानेले निर्देशन गरेको फिल्म २९ साउनदेखि प्रदर्शनमा आउँदै छ ।
काठमाडौं । २९ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ युट्युबमा सार्वजनिक भएको छ ।
आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । गीतमा बाबुल गिरीको शब्द र संगीत छ । गायनमा सहिमा श्रेष्ठ र रवि ओडले सहकार्य गरेका छन् ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको भिडियोमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, केशव रिजाल फिचर्ड छन् ।
आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । प्रस्तुतकर्ता सौरभ ओली हुन् भने कमलप्रसाद शर्मा र सन्दीप रोका निर्माता हुन् । दिनेशराज बुढाथोकी कार्यकारी निर्माता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4