+
+
Shares

‘लज्जावती’ २९ साउनमा आउने, पहिलो झलकमा यस्तो देखिए मुकुन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छायांकन सकिएसँगै फिल्म ‘लज्जावती’ आगामी २९ साउनमा देशव्यापी प्रदर्शन हुने भएको छ ।
  • यस फिल्ममा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्यलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
  • कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

काठमाडौं । छायांकन सकिएसँगै फिल्म ‘लज्जावती’को प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म २९ साउनमा आउनेछ । सो मितिमा अहिलेसम्म कसैले प्रदर्शन घोषणा गरेका छैनन्, जसले एकल रिलिजको मौका छ ।

आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया छन् । दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ ।

फिल्ममा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, रामहरी खड्का, विनोद श्रेष्ठ, दीपक थापा, काजल भुजेलको अभिनय छ ।

तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन छ । यो फिल्मलाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?