+
+
Shares

युवा ऐन संशोधन तथा एकीकरणसम्बन्धी बनेको विधेयकमा सरोकारवालासँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा युवा ऐनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयकमाथि सरोकारवालासँग छलफल सम्पन्न भएको छ।
  • मन्त्रालयले युवा सम्बन्धी कानूनलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था समेट्न विधेयक निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ।
  • मन्त्री यादवले विभिन्न मुलुकका प्रभावकारी अभ्यास र नेपालका सकारात्मक प्रयासहरूलाई समेटेर विधेयकलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

१ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा युवा ऐनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयकमाथि सरोकारवालासँग छलफल गरिएको छ।

छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाल लगायत युवाका क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

युवा सम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था समेट्न विधेयक निर्माण प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा सहभागी युवाले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उनीहरूको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था ऐनमा समावेश गर्नुपर्ने सुझाव दिएका थिए। साथै, अन्य मुलुकहरूले युवाका क्षेत्रमा अपनाएका सकारात्मक अभ्यासलाई समेत विधेयकमा समेट्नुपर्ने धारणा राखिएको थियो।

उक्त सुझावप्रति प्रतिक्रिया दिँदै मन्त्री यादवले विश्वका विभिन्न मुलुकले युवाका क्षेत्रमा अवलम्बन गरेका प्रभावकारी अभ्यासलाई अध्ययन गरी नेपालले विगतमा गरेका सकारात्मक प्रयास र उपलब्धिलाई समेत समेटेर विधेयकलाई थप सुदृढ बनाइने बताए।

छलफलमा मन्त्रालयका सचिव दिपक काफ्ले, पूर्वसचिव रामप्रसाद थपलिया, सहसचिवहरू बाबुराम भण्डारी र मनिता श्रेष्ठ, वैदेशिक रोजगार बोर्डका सहसचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरे तथा नेपाल कानुन आयोगका उपसचिव जलेश्वर रामलगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?