+
+
Shares

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु   

रासस रासस
२०८३ साउन १ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको केराबारीमा टिपरको ठक्करबाट सडकमा हिँडिरहेकी ७० वर्षीया विष्णुमाया मगरको उपचारका क्रममा मृत्यु भएको छ ।
  • सुनसरीको इनरुवामा पुथौधारा खोलामा नुहाउने क्रममा डुबेर १४ वर्षीय कृष्ण साहको मृत्यु भएको छ ।
  • दुवै घटनाका सम्बन्धमा प्रहरीले नियन्त्रणमा लिएका चालक र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

१ साउन,  काठमाडौं । मोरङमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मोरङको केराबारी गाउँपालिका-५ की ७० वर्षीया विष्णुमाया मगर शुक्रबार बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडकमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख ६७९० नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मगरको घोपा धरान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी, सुनसरीको इनरूवा नगरपालिका-८ खोरियाटोलस्थित पुथौधारा खोलामा डुबेर सोही ठाउँका उपेन्द्र साहको छोरा १४ वर्षीय कृष्ण साहको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?