News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम बंगालको मुर्शिदाबादमा प्यासेन्जर ट्रेन र स्कुल भ्यान ठोक्किँदा दुई जना स्कुले बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका तीन बालबालिका र भ्यान चालकलाई उपचारका लागि मुर्शिदाबाद मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको छ।
- बिहान ६ बजेर ४१ मिनेटमा कटवा-अजिमगञ्ज खण्डको लेभल क्रसिङमा टाटा सुमो स्कुल भ्यान र एउटा साइकललाई रेलले ठक्कर दिएको हो।
पश्चिम बंगालको मुर्शिदाबादमा एउटा प्यासेन्जर ट्रेन र स्कुल भ्यान एकापसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा भ्यानमा सवार दुई जना स्कुले बच्चा र एक जना साइकल चालक वृद्ध रहेका छन्। यो घटना बिहान करिब ६ बजेर ४१ मिनेटमा कटवा-अजिमगञ्ज सेक्सनको लेभल क्रसिङ मा भएको थियो ।
रोयल एकेडेमी स्कुल गइरहेका बच्चाहरू बोकेको टाटा सुमो स्कुल भ्यान र एउटा साइकललाई ट्रेन नम्बर ५३०५४ निमटीटा-कटवा प्यासेन्जरले ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका तीन जना बच्चा र टाटा सुमोका ड्राइभरलाई मुर्शिदाबाद मेडिकल कलेज र अस्पतालको आईसीयूमा भर्ना गरिएको छ। अन्य घाइते बच्चाहरूको पनि अस्पतालमा उपचार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4