+
+
Shares

डडेल्धुरामा जिप दुर्घटना : दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ साउन २ गते ६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डडेल्धुराको अमरगढी नगरपालिका-७ मा आज बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
  • धनगढीबाट दार्चुला जाँदै गरेको सु.प.प्र ०१-००१ ज १८५० नम्बरको बोलेरो सडकबाट चार सय मिटर तल खसेको छ ।
  • दुर्घटनामा घाइते भएका चालकसहित तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२ साउन , बैतडी । भीमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका-७ खर्स्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

धनगढी बाट दार्चुला तर्फ जाँदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप अज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका -१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका-१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् । यसैगरी जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

दुर्घटनाक विषयमा थप अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?