+
+
Shares

डोल्पा जिप दुर्घटना : घाइते सबैको पहिचान खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १८:००

२१ असार, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार भएको बोलेरो जिप दुर्घटनामा घाइते भएका यात्रुहरूको पहिचान खुलेको छ।

आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २०/२५ मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–७ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका-३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका-६ की २८ वर्षीया लालदेवी रोकाय, ४ वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धिरेन्द्र बुढाथोकी, २ वर्षीय प्रितम बुढा, काइके गाउँपालिका-३ का ४४ वर्षीय भीमप्रसाद बुढा, त्रिपुरासुन्दरी नगरपालिका-७ का ४६ वर्षीय नन्दराम शाही रहेका छन् ।

यसैगरी घाइते हुनेमा जुम्लाको सिंजा गाउँपालिका-३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, जुम्लाकै गोठीचौर गाउँपालिका-४ का ६४ वर्षीय नित्यानन्द अधिकारी तथा बोलेरो चालक चन्दननाथ नगरपालिका-८का अन्दाजी ३५ वर्षीय बिन्द्वास रावल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।

घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये लालदेवी, आवास, कर्णसरा र पृतमलाई थप उपचारका लागि जुम्ला पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पनि अवस्था हेरि थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ ।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?