News Summary
Generated by OK AI. Editorially reviewed.- शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जले पर्यटकको सहजताका लागि ई-टिकेटिङ सेवाको सफल परीक्षण गरेको छ।
- निकुञ्जले आगामी सातादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा विद्युतीय टिकट प्रणाली सञ्चालनमा ल्याउने भएको छ।
- सरकारले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा यो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ।
३ साउन, काठमाडौं । सरकारी सेवा प्रविधिमैत्री र डिजिटल बनाउने लक्ष्य अनुरूप शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा ई-टिकेटिङ (विद्युतीय टिकट) सेवा सफल परीक्षण गरिएको छ ।
पर्यटक प्रवेश व्यवस्था थप सहज, छिटो र पारदर्शी बनाउने उद्देश्यले यो प्रणाली सुरुवात गरिएको हो ।
परीक्षण सफल भएसँगै आगामी सातादेखि निकुञ्जको पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमै ई-टिकेटिङ सेवा सञ्चालनमा आउने निकुञ्जले जनाएको छ ।
यो प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न कम्प्युटर, थर्मल प्रिन्टर, क्यूआर स्क्यानर लगायत आवश्यक उपकरण व्यवस्थापन गरिँदैछ ।
विद्युत् र इन्टरनेट पहुँच पुगेका अन्य प्रवेशद्वार तथा चेकपोस्टमा पनि क्रमश: यो सेवा विस्तार गर्दै लैजाने योजना छ ।
आगामी ६ महिनाभित्र देशभरिका सबै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा ई-टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
यो प्रणाली पूर्णरूपमा लागु भएपछि पर्यटक आवागमन व्यवस्थित हुने, राजस्व संकलन थप पारदर्शी बन्ने र सेवाग्राहीले विनाझन्झट छिटोछरितो सेवा पाउने अपेक्षा छ ।
प्रतिक्रिया 4