+
+
Shares

वीर अस्पतालमा गुनासो सुन्न ११ अधिकारी

वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा सम्बोधन गर्न ११ जना गुनासो सुन्ने अधिकारी तोकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीर अस्पतालले सेवाग्राहीका गुनासा र उजुरीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न ११ जना अधिकारी तोकेको छ।
  • ‘प्रत्येक आवाजको सम्मान, हरेक गुनासोको समाधान’ नारासहित गठित समितिको प्रमुखमा डा. प्रकाश बुढाथोकीलाई जिम्मेवारी दिइएको छ।
  • अस्पताल प्रशासनले सेवा प्रवाहलाई थप पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले उक्त समिति गठन गरेको जनाएको छ।

८ साउन,काठमाडौं । वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा सम्बोधन गर्न ११ जना गुनासो सुन्ने अधिकारी तोकेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको अस्पतालले ‘गुनासो तथा उजुरी व्यवस्थापन तथा फर्छ्योट समिति’ गठन गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘प्रत्येक आवाजको सम्मान, हरेक गुनासोको समाधान’ भन्ने नारासहित गठन गरिएको समितिको प्रमुख गुनासो सुन्ने अधिकारीमा डा. प्रकाश बुढाथोकीलाई जिम्मेवारी दिइएको छ ।

अस्पतालले सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले यो पहल गरेको जनाएको छ ।

समितिअन्तर्गत डा. अनिप जोशी, डा. नरेन्द्र खनाल, डा. राजेन्द्र झा, डा. मनिष बज्राचार्य, डा. सुवज भट्टराई, सिद्धार्थ रञ्जित, सुनिता न्यौपाने, तारा बहादुर कुँवर, पूर्णिमा सिवाल र विद्याभूषण बजगाईंलाई गुनासो सुन्ने अधिकारीको जिम्मेवारी तोकिएको छ ।

अस्पताल प्रशासनले सेवाग्राहीका गुनासा तथा उजुरीलाई अस्पतालको सेवा सुधारका लागि महत्त्वपूर्ण पृष्ठपोषणका रूपमा लिइने जनाएको छ ।

साथै, प्राप्त गुनासो र सुझावलाई समयमै सुनुवाइ गरी आवश्यक समाधान गर्न समिति सधैं तत्पर रहने अस्पतालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?