+
+
Shares

वीरका आवासीय चिकित्सकलाई २४ घन्टे ड्युटी सकेपछि छुट्टी

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आवासीय चिकित्सकको ड्युटीसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १५:५९

१ असार, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आवासीय चिकित्सकको ड्युटीसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ ।

सोेमबार न्याम्सका सहायक डिन प्राडा विकासविक्रम सिंह अधिकारीले परिपत्र गर्दै आवासीय चिकित्सकको २४ घन्टा ड्युटीपछि बिहानको राउण्ड गरेर छुट्टी दिन निर्देशन दिएका छन् ।

यसअघि न्याम्सका आवासीय चिकित्सकले लगातार ३६ घन्टासम्म ड्युटी गर्नुपर्ने हुन्थ्यो। धेरै कार्यबोझको दबाबले शारीरिक सँगै मानसिक तनाबमा हुर्थे ।

न्याम्सको पछिल्लो निर्णयले रेजिडेन्ट चिकित्सकमाथिको कार्यबोझ कम हुनेछ । ‘यस प्रतिष्ठानमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरुको २४ घण्टा ड्युटीपश्चात विहानको राउण्ड सकिएपछि छुट्टी गरिदिन हुन यो परिपत्र गरिएको व्यहोरा जानकारी लागि अनुरोध गर्दछु,’ डा. अधिकारीले एमडी/एमएस/एमडिएस र डिएम/एमसीएच कार्यक्रमका संयोजकहरुलाई जारी गरेको परिपत्रमा छ ।

यसअघि नेपाल मेडिकल काउन्सिलले पनि आवासीय चिकित्सकमाथि तीव्र कार्यबोझ रहेको भन्दै अनिवार्य आराम दिन प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालयहरुलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?