१० साउन, काठमाडौं । आज देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ । बाढीपहिरोका कारण सवारी साधन सञ्चालनमा अवरोध भएको हो ।
बिहान साढे ६ बजेको जानकारी अनुसार मेची राजमार्गको झापादेखि ताप्लेजुङ, बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेसी, कान्तिलोकपथको हेटौंडा-ठिंगन-बागमती-ललितपुर, अरनिको राजमार्गको ततोपानी जाने बाटो र कोदारीमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।
यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत भोजपुरको बोखिम, खोटाङको साखा क्षेत्रमा पनि सडक एकतर्फी भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4