+
+
Shares

लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा राजीनामा बुझाए

अब कांग्रेस संसदीय दलले नै मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १४:३६

१० साउन, बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् ।

सरकारमा सामेल भएका पाँचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका छन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दल नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गरे ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि आइतबार कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए ।

अब कांग्रेस संसदीय दलले नै मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ ।

मुख्यमन्त्री आचार्य नेकपा एमालेबाट प्रतिनिधित्व गर्छन् । यसअघि लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेबीचको सहकार्यमा सरकार थियो । तर, एमाले–नेकपा सहकार्यको सहमतिपछि कांग्रेस प्रतिपक्षमा पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?