News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरको फिदिम–५ मा परम्परागत नौमती बाजाको धुनसहित बेठी लगाएर सामूहिक रोपाइँ गरिएको छ ।
- स्थानीय लक्ष्मीप्रसाद चापागाईंले लोप हुँदै गएको संस्कृति जोगाउन र युवा पुस्तालाई कृषिप्रति आकर्षित गर्न उक्त कार्यक्रम आयोजना गरेका हुन् ।
- रोपाइँमा सहभागी स्थानीय तथा नयाँ पुस्ताका युवाहरू हिलोमा रमाउँदै कृषि संस्कृतिमा सक्रियतापूर्वक सहभागी भएका छन् ।
१० साउन, पाँचथर । फिदिम–५ को मतानेबेँसीमा बजाइएको नौमतीबजाको मिठो धुन गुञ्जीरहेको थियो । यहि धुनमा रमाउँदै रोपाहार धानको बिउ रोप्दै रमाउँदै थिए । बाहुसे पनि उस्तै, बाजाकै तालमा चारहल गोरुलेले दाँदे लगाउँदै थिए ।
फिदिम–४ का लक्ष्मीप्रसाद चापागाईको खेतमा बेठी लगाएर रोपाइँ हुँदै गर्दाको को दृश्य हो यो । घरबाटै बाजागाजासहित रोपाहार, हली, बाहुसेको टोली बेँसी खेत पुगेको थियो । बेँसीमा नौमती बजा बजाउँदै रोपाइँ भइरहेको थियो । नयाँ पुस्ता निक्कै रमाएका थिए । बेला बेला गीत पनि सुनिन्थ्यो । हिलो खेल्दै, नाच्दै रमाइलो गरेको पनि देखिन्थ्यो । केहि दिन अगाडिनै रोपाइँको खबर पाएकाले बेँसीमा ठुलो संख्या उपस्थिति थियो ।
यसरी बेठी लगाएर रोपाइँ गर्ने चलन बिरलै भेटिन्छ । पछिल्ला बर्षहरुमा कतै कतैमात्र यस्तो बेठी लगाइन्छ । ‘२०५० सालपछि बेठी लगाउन छाडेका थियौँ । दुई बर्ष अगाडी बेठी लगाएर रोपाइँ गरेका थियौँ । बुबाहरुले जोगाउनु भएको संस्कृतिलाई हामीले निरन्तरता दिएका हौँ,’ जग्गा धनि चापागाईले भने, ‘यसले नयाँ पुस्ताको ध्यान तान्ने छ । सरकारलाई पनि कृषकका लागि केहि गर्नुपर्छ भन्ने दबाब सृजना गर्छ ।’
उनले भनेझैँ युवा पुस्तामा पनि रमाएका देखिन्थे । त्यहाँ पुगेकी प्रदेशी लिम्बूले पहिलोपल्ट रोपाइँ गर्दा सारै रमाइलो भएको सुनाइन् । उनीजस्तै थुप्रै नयाँ पुस्ताका लागि यो नौलो थियो ।

प्रतिक्रिया 4