News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण भारतीय अभिनेता धनुषले आफ्ना प्रशंसकलाई एकताको शक्ति जनसेवा र कल्याणकारी कार्यमा प्रयोग गर्न आग्रह गरेका छन् ।
- धनुषको अभिव्यक्तिपछि उनी पनि थलपति विजयजस्तै राजनीतिमा प्रवेश गर्न सक्ने अड्कलबाजी सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
- धनुषले सन् २०२४ को राष्ट्रिय चलचित्र पुरस्कारमा आफ्नो चलचित्र ‘रायन’ले उत्कृष्ट तमिल चलचित्रको अवार्ड जित्नुलाई उत्सवका रूपमा लिनुपर्ने बताएका छन् ।
दक्षिण भारतीय अभिनेता तथा निर्देशक धनुषले राजनीतिमा प्रवेश गर्न सक्ने अड्कलबाजीलाई बल दिएका छन् । उनले प्रशंसकलाई चलचित्रसँग सम्बन्धित उत्सवमा मात्र सीमित नभई एकताको शक्तिलाई जनसेवामा प्रयोग गर्न आग्रह गरेका छन् ।
प्रशंसकले आयोजना गरेको रक्तदान कार्यक्रममा धनुषले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल छ । कतिपयले उनी पनि हालै राजनीतिमा प्रवेश गरेर तमिलनाडुका मुख्यमन्त्री बनेका थलपति विजयको बाटो पछ्याउन लागेका हुन् कि भन्ने प्रश्न उठाएका छन् ।
कार्यक्रममा प्रशंसकलाई सम्बोधन गर्दै धनुषले एकताको शक्तिबारे चर्चा गरे । उनले आवश्यकतामा परेका मानिसलाई सहयोग गरेर समाजमा परिवर्तन ल्याउन आग्रह गरे ।
उनले भने, ‘यति धेरै मानिस एकै ठाउँमा भेला भएका छन् । यस्तो एकतामा ठूलो शक्ति हुन्छ । हामीले यो एकतालाई एउटा उद्देश्य दिनुपर्छ । अडियो लन्च र भेटघाटमा मात्र सीमित नभई अझ धेरै कल्याणकारी काममा सहभागी हुनुपर्छ ।’
कार्यक्रमको भिडियो अनलाइन सार्वजनिक भएलगत्तै धनुषले पनि थलपति विजयजस्तै राजनीतिमा प्रवेश गर्ने तयारी गरिरहेको हुन सक्ने अनुमान सुरु भयो।
एक एक्स प्रयोगकर्ताले लेखे, ‘उनको शारीरिक हाउभाउ र बोल्ने शैलीले उनको आगामी बाटोतर्फ संकेत गर्छ ।’
अर्का प्रयोगकर्ताले टिप्पणी गरे, ‘अर्को कुनै अभिनेता राजनीतिमा आउने वा नआउने कुरा विजयको काममा निर्भर हुनेछ । उनले राम्रो शासन दिए भने अभिनेताप्रति जनताको विश्वास बढ्नेछ, अन्यथा कुनै सम्भावना रहनेछैन, मेरो विचारमा ।’
तेस्रो प्रयोगकर्ताले लेखे, ‘उनी राजनीतिमा आउने प्रतीक्षामा छौँ । के उनी विजयको टीभीके पार्टीमा आबद्ध हुन सक्छन् ?’ हालसम्म धनुषले राजनीतिमा प्रवेश गर्ने कुनै घोषणा गरेका छैनन् ।
यसै क्रममा धनुषले यस वर्षका राष्ट्रिय चलचित्र पुरस्कारबारे भइरहेको चर्चामाथि पनि आफ्नो धारणा राखे । उनले सन् २०२४ मा आफूले निर्देशन गरेको चलचित्र ‘रायन’भन्दा राम्रा तमिल चलचित्र अवश्य रहेको बताए ।
उनले एकै वर्षमा एक तमिल अभिनेताले दुईवटा राष्ट्रिय पुरस्कार जितेको विषयलाई उत्सवका रूपमा मनाउन पनि आग्रह गरे । धनुषले ‘क्याप्टेन मिलर’का लागि ‘विशेष उल्लेख’ प्राप्त गरेका छन् भने ‘रायन’ले उत्कृष्ट तमिल चलचित्रको राष्ट्रिय पुरस्कार जितेको छ ।
‘क्याप्टेन मिलर’का लागि धनुषले पाएको ‘स्पेसल मेन्सन’ प्रति मिश्रित प्रतिक्रिया आएको थियो । ‘रायन’ले उत्कृष्ट तमिल चलचित्रको पुरस्कार जितेपछि भने अझ बढी आलोचना भएको थियो । धेरैले उक्त पुरस्कार अर्को कुनै चलचित्रले पाउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया 4