+
+
Shares

पोखरामा अमेरिकी नागरिकको मृत्यु

स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिका–१८ सेदीमा हिँडिरहेका ४८ वर्षीय अमेरिकी नागरिक म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
  • स्थानीयको सहयोगमा मेट्रोसिटी अस्पताल पुर्‍याइएका जोन्सलाई चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन् ।
  • घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले शव पोष्टमार्टमका लागि पठाइएको बताए ।

११ साउन, गण्डकी । कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई ढलेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उनको भनाइ छ । मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?