+
+
Shares

संस्थापन नेताहरूलाई साउदले भने– पार्टी तोड्ने अन्तिम गल्ती नगर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टी विभाजनको बाटो नछोडेर एकता कायम राख्न असन्तुष्ट पक्षलाई आग्रह गर्नुभएको छ ।
  • नेता साउदले सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई विशेष अधिवेशनको माग गर्ने नेताहरूका लागि सच्चिने अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।
  • पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्कने र २९ गतेको भेलाबाट पार्टीले नयाँ कार्यदिशा तय गर्ने जानकारी उहाँले दिनुभयो ।

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र विशेष अधिवेशनको माग गरिरहेका नेताहरूलाई पार्टी विभाजनको बाटो नलिन आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता साउदले आन्तरिक मतभेदलाई बिर्सेर पार्टी एकतामा जोड दिनुपर्ने बताएका हुन् ।

सर्वोच्च अदालतले हालै अदालतमा विचाराधीन मुद्दाको सन्दर्भमा डिभिजन बेन्चको फैसलामाथि पुनरावलोकन गर्ने निर्णय गरेको उल्लेख गर्दै नेता साउदले यसलाई असन्तुष्ट पक्षका लागि ‘सुध्रिने अवसर’ का रूपमा चित्रण गरे ।

नेता साउदले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा विशेष अधिवेशनको नेतृत्व गर्ने नेताहरूको पनि सहभागिता र महत्वपूर्ण जिम्मेवारी रहेको स्मरण गराए ।

‘अदालतको पछिल्लो निर्णयले विशेष अधिवेशनको माग गर्ने साथीहरूलाई सच्चिने एउटा ठूलो अवसर दिएको छ । अब १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनतर्फ लाग्नुपर्छ,’ साउदले भने, ‘तपाईंहरूले गर्ने भनिएको १५ औँ महाधिवेशन विभाजनको महाधिवेशन हुनेछ । हामी एकताको १५ औँ महाधिवेशन चाहन्छौँ । त्यसैले पार्टी तोड्ने जस्तो अन्तिम गल्ती नगर्नुस् ।’

वर्तमान केन्द्रीय समितिकै आयोजनामा १५ औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गरे मात्रै पार्टी एकजुट रहने विश्वास व्यक्त गरे ।

नेता साउदले पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्कने जानकारी दिँदै २९ गते बस्ने भेलाबाट पार्टीले नयाँ कार्यदिशा र दृष्टिकोण तय गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?