+
+
Shares

बीवाईडीले थाल्यो ‘अपडेट टु केयर प्लस’ अभियान, देशभरका सर्भिस सेन्टरबाट सेवा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ।
  • अभियानअन्तर्गत ग्राहकलाई बिक्रीपछिको उत्कृष्ट सेवा, स्मार्ट सवारी कनेक्टिभिटी र व्यापक स्वामित्व सुरक्षासम्बन्धी सुविधाहरू उपलब्ध गराइने भएको छ।
  • कम्पनीले सेप्टेम्बर २०२४ अघि डेलिभरी भएका योग्य सवारीसाधनमा बीवाईडी एप र इन्फोटेनमेन्ट कनेक्टिभिटी सुविधा निःशुल्क उपलब्ध गराउने जनाएको छ।

२६ साउन, काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंकले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ। विद्यमान ग्राहकको स्वामित्व अनुभवलाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो अभियान थालिएको कम्पनीले जनाएको छ।

साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो । कम्पनीका अनुसार अभियान हाल देशभर रहेका बीवाईडीका १३ वटा सर्भिस सेन्टरबाट एकसाथ सञ्चालनमा आएको छ।

अभियानमार्फत ग्राहकलाई बिक्रीपछिको उत्कृष्ट सेवा, स्मार्ट सवारी कनेक्टिभिटी तथा व्यापक स्वामित्व सुरक्षा उपलब्ध गराइने कम्पनीले जनाएको छ। अभियानलाई बीवाईडी नेपालको ‘सुपेरियर एन्ड सिन्सियर सर्भिस’ अर्थात् उत्कृष्ट र इमानदार सेवाप्रतिको प्रतिबद्धताको निरन्तरताका रूपमा प्रस्तुत गरिएको छ।

नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु गरिएको यो अभियानले नेपाली अटोमोबाइल तथा विद्युतीय सवारीसाधन क्षेत्रका लागि महत्वपूर्ण सप्ताहलाई थप विशेष बनाउने कम्पनीको अपेक्षा छ।

अभियानको महत्वपूर्ण पक्षका रूपमा सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र यसअघि बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा नपाएका योग्य सवारीसाधनमा यी सुविधा निःशुल्क उपलब्ध गराइनेछ। यसअन्तर्गत योग्य पुराना ग्राहकले नयाँ कनेक्टेड भेइकल अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

बीवाईडीले बिक्रीपछिको स्वामित्व अनुभवलाई थप प्रभावकारी बनाउन अभियानलाई तीनवटा मुख्य आधारमा विभाजन गरेको छ।

केयर प्लस अन्तर्गत बीवाईडीको आधिकारिक सर्भिस सिस्टममार्फत सवारीको विस्तृत निरीक्षण, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा सर्टिफाइड बीवाईडी टेक्निसियनबाट सर्भिस उपलब्ध गराइनेछ।

त्यस्तै, कनेक्ट प्लस अन्तर्गत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी सुविधा उपलब्ध हुनेछ। यी सेवामा बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ।

प्रोटेक्ट प्लस अन्तर्गत ग्राहकलाई बीमा परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीसाधनका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ। यसमा १० वर्षसम्मको विस्तारित वारेन्टीसम्बन्धी सुविधा पनि समावेश गरिएको छ।

दुर्घटना भएको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा समन्वय र सहजीकरणसमेत गरिने कम्पनीले जनाएको छ। यसका लागि शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहयोग गर्नेछन्।

ग्राहकलाई विभिन्न छुट तथा निःशुल्क सुविधा

अभियानअन्तर्गत योग्य बीवाईडी ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुट पाउनेछन्।

त्यस्तै, ग्राहकले एकपटक निःशुल्क होम चार्जर चेकअप सुविधा प्राप्त गर्नेछन्। यसअघि बीवाईडी एप कनेक्टिभिटी सुविधा नपाएका योग्य विद्यमान ग्राहकले इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा समेत पाउनेछन्।

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारी डेलिभरीपछि सुरु हुने बताए।

उनका अनुसार अभियानमार्फत प्रोफेसनल सर्भिस, स्मार्ट कनेक्टिभिटी र व्यापक स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरबाट सेवा उपलब्ध गराइएको छ। ग्राहकलाई विश्वास, सहजता र मानसिक शान्तिको अनुभव दिलाउनु अभियानको मुख्य उद्देश्य रहेको उनले बताए।

२०२६ भित्र थप तीन सर्भिस सेन्टर

बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क हाल धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोड गरी १३ स्थानमा फैलिएको छ।

ग्राहकलाई थप सहज र पहुँचयोग्य सर्भिस सुविधा उपलब्ध गराउने उद्देश्यले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप तीनवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियानले नेपालको विद्युतीय सवारीसाधनको बिक्रीपछिको सेवा प्रणालीलाई थप सुदृढ बनाउनुका साथै डिजिटल क्षमता विस्तार र ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?