+
+
Shares

बीवाईडी नेपाललाई एकसाथ तीन प्रतिष्ठित अवार्ड

चीनको सेन्जेनमा आयोजित बीवाईडी एसिया प्यासिफिक डिलर सम्मेलन २०२५ मा बीवाईडी नेपाल ती अवार्डबाट सम्मानित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ गाडी निर्माता कम्पनी बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले तीन प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।
  • बीवाईडी एसिया प्यासिफिक डिलर सम्मेलन २०२५ मा साइमेक्स इंकलाई ब्रान्ड पिनाकल, इलिट पार्टनर र सीएसआर आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन अवार्ड प्रदान गरिएको छ।
  • साइमेक्स इंकले एक दशकदेखि नेपालमा बीवाईडीका गाडी बिक्री गर्दै आएको र एसिया प्रशान्त क्षेत्रमा उत्कृष्ट योगदान गरेको बताइएको छ।

८ चैत, काठमाडौं । चिनियाँ गाडी निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाईडी) को नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंक (बीवाईडी नेपाल) ले एकसाथ तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।

चीनको सेन्जेनमा आयोजित बीवाईडी एसिया प्यासिफिक डिलर सम्मेलन २०२५ मा बीवाईडी नेपाल ती अवार्डबाट सम्मानित भएको हो ।

सम्मेलनमा साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक युमना श्रेष्ठलाई तीन वटै अवार्ड प्रदान गरियो ।

बीवाईडी नेपालले ‘ब्रान्ड पिनाकल अवार्ड’, ‘इलिट पार्टनर अवार्ड’ र ‘सीएसआर आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन अवार्ड’ प्राप्त गरेको हो ।

एसिया प्रशान्त क्षेत्रमा बीवाईडीको व्यापारिक तथा ब्रान्ड सफलतामा उत्कृष्ट योगदान गर्ने आधिकारिक वितरकहरूमध्ये बीवाईडी नेपालले ती अवार्ड प्राप्त गरेको साइमेक्स इंकले जनाएको छ ।

साइमेक्स इंकले एक दशकदेखि नेपालमा बीवाईडीका गाडी बिक्री गर्दै आएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?