News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले साउन शुक्ल चतुर्दशीका दिन मंगलबार घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
- भक्तपुरमा टोलटोलमा नर्कट, छ्वाली र नाङ्लो प्रयोग गरी बनाइएका मानवरुपी पुतलालाई दोबाटोमा लगेर जलाउने परम्परा रहेको छ ।
- नेवार समुदायले घरपरिवारमा रोगव्याधी नलागोस् र शान्ति कायम होस् भन्ने कामनासहित घण्टाकर्णको पूजा गरी भूतप्रेत मन्छाउने गरेका छन् ।
२६ साउन, काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले मंगलबार घण्टाकर्ण पर्व मनाएका छन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकासहित धेरै ठाउँका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् ।
हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा ‘नास्तिक गठांमुगः’लाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै आकर्षण छ । त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरुपी तीनखुट्टे, गठांमुगः को पुतला बनाइन्छ ।
टोलटोलमा अघिल्लो दिन साँझ नै नर्कटमा छ्वाली बेरेको मानवरुपी गठांमुगःको पुतला बनाइ हाँडीमा नाक, मुख र कान बनाइन्छ । टोलटोलमा बनाइएको गठांमुगःलाई टोलबासी मिलेर नजिकको दोबाटोमा लगेर जलाइन्छ । चोक दोबाटोमा बसेर बालबालिका चोर्ने र मारेर खाने घण्टाकर्णलाई टोलबासी मिलेर मारी दाहसंस्कार गरेको पर्वका रुपमा गठांमुगः चःह्रे मनाइँदै आएको छ ।
यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् ।

प्रतिक्रिया 4