News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि प्राडा बालचन्द्र लुइँटेल, प्राडा विवेक बराल र प्राडा राजेन्द्र जोशीको नाम सिफारिस गरिएको छ ।
- सिफारिस समितिले १० जना उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्राप्त अंकका आधारमा तीन जनाको नाम कुलपति समक्ष पेश गरेको हो ।
२६ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिको लागि तीन जनाको नाम सिफारिस भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय स्रोतका अनुसार सिफारिस समितिले प्राडा. बालचन्द्र लुइँटेल, प्राडा. विवके बराल र प्राडा. राजेन्द्र जोशीको नाम सिफारिस गरेको हो ।
सिफारिस भएका तीनै जना केयूका प्राध्यापक हुन् ।
‘तीन जनाको नाम सिफारिस गरेका छौं । कुलपतिले एक जनालाई उपकुलपतिमा नियुक्त गर्नुहुन्छ,’ समितिका सदस्यसमेत रहेका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माले भने ।
यद्यपि, शर्माले सिफारिस भएको नामबारे उल्लेख गर्न चाहेनन् । ‘अब कुलपतिले छिट्टै नियुक्त गरिहाल्नु हुन्छ नि,’ शर्माले भने ।
केयूको उपकुलपतिका लागि ३५ जनाको आवेदन स्वीकृत भएको थियो । जसमा १० जनाको नाम छनोट भएको थियो ।
१० जनाको प्रस्तुतीकरण र अन्तवार्तापछि नम्बरका आधारमा सिफारिस गरिएको समितिले जनाएको छ ।
केयूको उपकुलपतिको नाम सिफारिस गर्न १९ जेठमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतमा कमिटी गठन गरिएको थियो । समितिमा पूर्वउपकुलपति प्राडा. शर्मा र राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल सदस्य रहेकी थिइन् ।
अध्यादेशबाट पदाधिकारी बर्खास्त भएपछि सरकारले नयाँ उपकुलपतिको नियुक्तिको प्रक्रिया अगाडि बढाएको थियो ।
प्रतिक्रिया 4