News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा भेरी नदीमा खसेको जिप र बेपत्ता दुईजनाको खोजी कार्य आज बिहान पुनः सुरु गरिएको छ ।
- बुधबार जिप नदीमा खस्दा सवार चारमध्ये दुईजना पौडिएर बाँच्न सफल भए पनि चालक र गाडी मालिक अझै बेपत्ता छन् ।
- गोताखोर र स्थानीयको टोलीद्वारा तीव्र बहावका कारण बुधबार रोकिएको खोजी कार्यलाई आज बिहानैदेखि निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
२८ साउन, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित बाङ्गिरह नजिकै भेरी नदीमा खसेको जिप र बेपत्ता भएका दुई जनाको खोजी आज बिहानदेखि पुनः सुरु गरिएको छ ।
बुधबार दिउँसो सडकबाट करिब ५० मिटर तल खसेर जिप भेरी नदीमा पुगेको थियो। जिपमा सवार चार जनामध्ये दुई जना पौडिएर ज्यान जोगाउन सफल भए पनि दुई जना अझै बेपत्ता छन्।
बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयले दिनभर खोजी गरे पनि जीप वा बेपत्ताको अवस्था पत्ता लाग्न सकेन।
भेरी नदीको तीव्र बहाव, गहिराइ र साँझपख अँध्यारो भएपछि बुधबारको खोजी स्थगित गरिएको हो। आज बिहान उज्यालो भएपछि डुंगा र गोताखोर टोली परिचालन गरी नदीभित्र तथा आसपासका क्षेत्रमा खोजी कार्य पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार हराइरहेका दुईजना गाडी मालिक सल्यान सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षीय भीमबहादुर राना र कुमाख गाउँपालिका-५ का करिब २३ वर्षीय जीप चालक हेमराज बीसी रहेका छन्।
प्रतिक्रिया 4