News Summary
Generated by OK AI. Editorially reviewed.- वैयक्तिक गोपनीयतासम्बन्धी ऐन उल्लङ्घनको आरोपमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।
- नेपाल पत्रकार महासंघ र मिडिया सोसाइटीले श्रेष्ठको पक्राउ र जनआस्था कार्यालयमा गरिएको खानतलासीप्रति आपत्ति जनाउँदै विनासर्त रिहा गर्न माग गरेका छन् ।
- महासंघका पदाधिकारीहरूले काठमाडौं जिल्ला प्रहरी परिसर अगाडि प्रदर्शनसहित धर्ना दिएर प्रेस स्वतन्त्रताको पालना गर्न सरकारसँग माग गरेका छन् ।
२८ साउन, काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै छ । उनलाई केहीबेरमा अदालत लगिने प्रहरी स्रोतले बतायो ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको थियो ।
जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्याद लिन सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । त्यसअघि कागजपत्र तयार पार्ने काम गरिरहेको एक प्रहरी अधिकृतले बताए ।
नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी लगायतले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेका छन् ।
उनीहरूले श्रेष्ठलाई विनासर्त रिहा गर्न र प्रेस स्वतन्त्रताको पालना गर्न माग गरेका छन् । महासंघले आजै जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शनसहित धर्ना समेत दिएको छ ।
प्रतिक्रिया 4