+
+
Shares

दीपक मनाङेले महाराजगञ्ज पुगेर देउवालाई भेटे

आज मात्रै स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भेट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १८:३८

२८ साउन, काठमाडौं । आज मात्रै स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भेट गरेका छन् । महाराजगञ्जस्थित देउवाको भाडाको निवास पुगेर मनाङेले भेटेका हुन् ।

जहाँ देउवाले आज कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट गरिरहेका छन् ।

आजै हङकङबाट स्वदेश फर्किँएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै कांग्रेस इतर समूहले भव्य स्वागत गरेको थियो ।

देउवालाई स्वागत गर्न निकालिएको र्‍यालीमा मनाङे पनि देखिएका थिए ।

मनाङे मनाङबाट दुई पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित हुँदै गण्डकी प्रदेशसभा सदस्य बनेका थिए । सोही क्रममा उनी मन्त्रीसमेत बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?