+
+
Shares

नागपोखरीमा नाग पूजा (तस्वीरहरू)

धार्मिक विश्वास राख्नेहरू बिहानै नागपोखरी पुगेर दूध चढाएर नागको पूजा गरेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ १ गते ११:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज श्रावण शुक्ल पञ्चमीका अवसरमा देशभरि परम्पराअनुसार नागको पूजा गरी नागपञ्चमी मनाइँदै छ।
  • घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गर्दा सर्प र चट्याङको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
  • काठमाडौंको नागपोखरी र टौदह लगायतका स्थानमा भक्तजनहरूले बिहानैदेखि नागको पूजा गरी दूध र रोटी चढाएका छन्।

४ भदौ, काठमाडौं । आज  श्रावण शुक्ल पञ्चमी, परम्पराअनुसार नागको पूजा गरी देशभरि नागपञ्चमी मनाइँदै छ ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।

धार्मिक विश्वास राख्नेहरू बिहानै नागपोखरी पुगेर दूध चढाएर नागको पूजा गरेका छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?