News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘गौंथली’ले प्रदर्शनको ३१ दिनमा २३ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गर्दै सर्वकालिन धेरै कमाउने दोस्रो नेपाली फिल्म बनेको छ।
- चलचित्र विकास बोर्डका अनुसार ८ लाख ५५ हजारभन्दा बढी दर्शकले फिल्म ‘गौंथली’ हेरेका छन्।
- प्रदर्शनरत फिल्म ‘हली’ले २१ लाख ७७ हजार रुपैयाँ र ‘कमला मिस’ले २ लाख ६१ हजार रुपैयाँ ग्रस कमाइ गरेका छन्।
काठमाडौं । प्रदर्शनको ३१ दिनसम्म फिल्म ‘गौंथली’ले देशब्यापी २३ करोड ५५ लाख रुपैयाँ ग्रस कमाएको छ । चलचित्र विकास बोर्डले आइतबारसम्मको कमाइको विवरण बाहिर ल्याएको हो ।
जसअनुसार, सोही अवधिसम्म यो फिल्मलाई ८ लाख ५५ हजारभन्दा धेरै दशर्कले हेरेका छन् । कपिल रिजाल निर्देशित यो फिल्म सर्वकालिन धेरै कमाउने दोस्रो नेपाली फिल्म बनिसकेको छ ।
प्रदर्शनरत अर्को फिल्म ‘कमला मिस’को कमाइ निकै कमजोर देखिएको छ । नीर शाह निर्देशित यो फिल्मले आइतबारसम्म २ लाख ६१ हजार रुपैयाँ ग्रस मात्र कमाएको छ । यसलाई ७१८ जना दर्शकले मात्र हेरेका छन् ।
अर्को फिल्म ‘हली’ले २१ लाख ७७ हजार रुपैयाँ कमाएको छ । यो फिल्मलाई ७७१० जना दर्शकले हेरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4