+
+
Shares

‘गौंथली’ को कमाई साढे १३ करोड नाघ्यो, बन्यो धेरै कमाउने सर्वकालिन १२ औं फिल्म

यहि गति कायम रहे यो फिल्मले ‘छक्कापञ्जा २’को कमाइ १४ करोड ५१ लाख रुपैयाँ ग्रसलाई चाँडै उछिन्न सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म ‘गौंथली’ले प्रदर्शनको १६ औं दिनसम्म देशभर १३ करोड ५६ लाख ३५ हजार १३ रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • यो फिल्मले ४ लाख ९२ हजार ६५० वटा टिकट बिक्री गर्दै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा १२ औं स्थान हासिल गरेको छ।
  • फिल्मको यही व्यावसायिक गति कायम रहे ‘गौंथली’ले ‘छक्कापञ्जा २’को १४ करोड ५१ लाख रुपैयाँको ग्रस कमाइलाई चाँडै उछिन्न सक्ने सम्भावना देखिएको छ।

काठमाडौं । यतिबेला नेपाली फिल्म बजार चलायमान बनेको छ । एकातिर नेपाली भाषाको ‘गौंथली’ले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिरहेको छ भने अर्कोतिर मप्टिप्लेक्समा ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ को दबदबा छ ।

यति हुँदाहुँदै पनि ‘गौंथली’ को कमाइ लोभलाग्दो छ । फिल्मले प्रदर्शनको १६ औं दिनसम्म (पछिल्लो शनिबारसम्म) देशब्यापी १३ करोड ५६ लाख ३५ हजार १३ रुपैयाँ ग्रस (११ करोड ८५ लाख नेट) कमाएको छ ।

सोही अवधिसम्म यसका ४ लाख ९२ हजार ६५० वटा टिकट बिकेका छन् ।

आइतबारसम्म यो फिल्म नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने सूचीको १२ औं स्थानमा उक्लिएको छ । यहि गति कायम रहे यो फिल्मले ‘छक्कापञ्जा २’को कमाइ १४ करोड ५१ लाख रुपैयाँ ग्रसलाई चाँडै उछिन्न सक्छ ।

आइतबार सार्वजनिक बिदाको दिनमा दिउँसोसम्म फिल्मको कलेक्सन झन्डै १० लाख रुपैयाँ ग्रस छ । विशेषगरि काठमाडौं उपत्यका बाहिरका हलमा कपिल रिजाल र सुमन गिरीले निर्माण गरेको फिल्मको कमाइमा बढोत्तरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?