+
+
Shares
बक्सअफिस :

‘गौंथली’ को कमाइ १० करोड नाघ्यो, बन्यो यसवर्षकै सर्वाधिक ग्रसर

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ २०८३ सालमा सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।
  • चलचित्र विकास बोर्डका अनुसार १३ दिनमा फिल्मले १० करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • यो अवधिमा ३ लाख ८० हजारभन्दा बढी दर्शकले फिल्म हेरेर ग्रामीण किशोरीको कथामा आधारित चलचित्रलाई रुचाएका छन्।

काठमाडौं । ‘गौंथली’ २०८३ सालको अहिलेसम्म सर्वाधिक कमाउने नेपाली भाषाको फिल्म बनेको छ । चलचित्र विकास बोर्डको बक्सअफिसमा यो फिल्मले बिहीबार बिहानसम्म १० करोड २० लाख रुपैयाँ ग्रस कमाएको छ ।

यो अवधिसम्म ३ लाख ८० हजारभन्दा धेरैले फिल्म हेरेका छन् ।

कपिल रिजाल निर्देशित फिल्मले पढ्ने लेख्ने उमेरमा बाध्यतावश विवाह गरेकी ग्रामीण नेपाली समाजकी एक किशोरीको कथा भन्छ । कपिल र सुमन गिरीले मिलेर बनाएको यो फिल्मले काठमाडौंसहित मोफसलमा समेत उत्कृष्ट कमाइ गरेको छ ।

‘गौंथली’ले प्रदर्शनको १३ दिनमै १० करोडभन्दा धेरै कमाइ गरेको हो । यो फिल्मले यसअघि रिलिज भएको याम थापा निर्देशित ‘लालीबजार’को कमाइलाई पनि उछिनेर वर्षकै धेरै कमाउने फिल्मको रेकर्ड रचेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?