News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले भदौ ५ गते बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्।
- उक्त बैठकबाट पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा सचिवालय सदस्यहरूलाई मनोनयन गर्ने तयारी रास्वपाले गरेको छ।
- यसअघि साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पास गरेको थियो।
१ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भदौ ५ गते बोलाइएको हो ।
केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरेर बैठकमा पेस गर्ने र बैठकबाट पास गराउने तयारी छ ।
रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी छ । २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत हुँदैछन् ।
केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरुलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ ।
यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पास गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4