+
+
Shares

‘स्पाइडरम्यान’ को नेपाल कमाइ साढे १५ करोड, विश्वभर २ बिलियन डलर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘स्पाइडरम्यानः ब्रान्ड न्यूडे’ ले विश्वभर दुई अर्ब डलरभन्दा धेरै कमाइ गर्दै सर्वाधिक कमाउने आठौँ फिल्म बनेको छ।
  • यो फिल्म दुई अर्ब डलरको आँकडा नाघ्ने पहिलो स्पाइडरम्यान शृङ्खलाको फिल्म भएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ।
  • नेपालमा पनि १५ करोड ६३ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै यो फिल्म अहिलेसम्म सर्वाधिक कमाइ गर्ने पाँचौँ विदेशी फिल्म बनेको छ।

काठमाडौं । ‘स्पाइडरम्यानः ब्रान्ड न्यूडे’ले नेपालसहित विश्वभर कीर्तिमानै कीर्तिमान रचिरहेको छ । विश्वभर यसले तेस्रो सप्ताहन्तसम्म २ बिलियन डलरभन्दा धेरै कमाइ गर्‍यो ।

टम हल्यान्ड स्टारर फिल्मले उत्तर अमेरिकाबाट ७८५ मिलियन डलर र १.२३ बिलियन डलर अन्तर्राष्ट्रिय बजारबाट फिल्मले कमाएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।

कुल कमाइ २.०२२ बिलियन डलरको कमाइ भएको जनाइएको छ । यो कमाइसँगै ‘स्पाइडरम्यानः ब्रान्ड न्यूडे’ सर्वकालिन धेरै कमाउने आठौं फिल्म बनेको छ । २ बिलियन डलरको आँकडा नाघ्ने पहिलो स्पाइडरम्यान फिल्म हो ।

नेपालमा पनि यसको कमाइको गति रोकिएको छैन । सोमबार दिउँसोसम्म यो फिल्मको कमाइ नेपालमा १५ करोड ६३ लाख रुपैयाँ ग्रसभन्दा धेरै छ । यो कमाइसँगै यो फिल्म नेपालमा अहिलेसम्म सर्वाधिक कमाइ गर्ने पाँचौ विदेशी फिल्म बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?