News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड कलाकार जेन्डाया र टम हल्यान्ड पहिले नै विवाह बन्धनमा बाँधिएको स्टाइलिस्ट ल’ रोचले पुष्टि गरेका छन्।
- जेन्डायाले सन् २०२५ मा गोल्डेन ग्लोबमा इन्गेजमेन्ट रिङ लगाएकी थिइन् र उनीहरूको सम्बन्ध सन् २०१७ देखि सार्वजनिक छ।
- हल्यान्डले आफ्नो सम्बन्ध गोप्य राख्न चाहेको र विवाह समारोह पनि गोप्य रूपमा भएको हुनसक्ने बताएका छन्।
हलिउड कलाकार जेन्डाया र टम हल्यान्ड पहिले नै विवाह बन्धनमा बाँधिएको हुनसक्ने चर्चा चलेको छ- कम्तीमा पनि स्टाइलिस्ट ल’ रोच को भनाइलाई आधार मान्दा ।
आइतबार २०२६ को ‘एक्टर अवार्ड्स’ समारोहमा एक्सिस हलिउडसँगको अन्तर्वार्तामा जेन्डायाका लामो समयदेखिका स्टाइलिस्ट रोचले भने, ‘विवाह त भइसकेको छ,’ र थपे, ‘तपाईंहरूले छुटाउनुभयो ।’
‘के यो साँचो हो ?’ भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘एकदमै साँचो हो ।’ तर विवाह कहिले र कहाँ भयो भन्नेबारे उनले थप विवरण भने खुलाएनन् ।
यसअघि सन् २०२५ जनवरीमा जेन्डायाले गोल्डेन ग्लोबको रेड कार्पेटमा बायाँ हातमा इन्गेजमेन्ट रिङ जस्तो देखिने औँठी लगाएर देखिएपछि उनीहरूबीच इन्गेजमेन्ट भएको स्रोतले पुष्टि गरेको थियो ।
जेन्डाया र हल्यान्डले सन् २०१७ मा ‘स्पाइडर म्यान : होम कमिङ’ मा सँगै अभिनय गरेका थिए । त्यसपछि सन् २०२१ मा उनीहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए ।
वर्षौँदेखि निजी जीवन बिताउँदै आएका यो जोडीले आफ्नो सम्बन्धबारे कमै बोल्ने गरेका छन् । त्यसैले चर्चाबाट टाढा, गोप्य रूपमा विवाह समारोह गर्नु उनीहरूको स्वभावअनुसार नै हुने कुरा मानिन्छ ।
हल्यान्डले द हलिउड रिपोर्टरसँगको अन्तर्वार्तामा गोपनीयता जोगाउनु जानाजानी गरेको निर्णय भएको बताएका थिए ।
उनले २०२३ मा भनेका थिए, “हाम्रो सम्बन्ध यस्तो कुरा हो, जसलाई हामी निकै जोगाएर राख्छौँ र सकेसम्म पवित्र राख्न चाहन्छौँ। हामीलाई कसैलाई केही देखाउनुपर्ने दायित्व छ जस्तो लाग्दैन । यो हाम्रो कुरा हो, र यसले हाम्रो करिअरसँग कुनै सम्बन्ध राख्दैन ।’
जेन्डायाले गत अप्रिलमा प्रकाशित भोग म्यागजिनको कभर स्टोरीमा हल्यान्डको प्रशंसा गरेकी थिइन् ।उनले भनेकी थिइन्, ‘हामी दुवै धेरै नै साना थियौँ, तर मेरो करिअर भने अघि बढिसकेको थियो र उनको जीवन एकाएक बदलियो । एक दिन तपाईं साथीहरूसँग पबमा जाने साधारण केटा हुनुहुन्छ, अर्को दिन तपाईं स्पाइडर-म्यान बन्नुहुन्छ । मैले उनको जीवन मेरो अगाडि बदलिँदै गएको देखेँ । तर उनले त्यसलाई निकै सुन्दर ढंगले सम्हाले ।’
प्रतिक्रिया 4