+
+
Shares

निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि व्यवस्थापन र कर्मचारी खटनपटन सबै सम्पन्न भइसकेको जानकारी दिए।
  • मतदान अधिकृतहरु मतदान केन्द्र र स्थलमा गइसकेका छन् र आवश्यक सामग्रीहरू पनि पुगिसकेका छन्।
  • निर्वाचन प्रचारप्रसार ४ देखि १८ फागुनसम्म चल्नेछ र १८ फागुन राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ।

१८ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको जानकारी दिए ।

उनका अनुसार मतदान अधिकृतहरु मतदान केन्द्र र स्थलमा गइसकेका छन् । मतदानको प्रक्रियाका लागि आवश्यक सामग्रीहरू पनि पुगिसकेका छन् ।

निर्वाचनका लागि आयोगले ४ फागुनदेखि १८ फागुन (सोमबार) सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुन्छ । यो मतदानको प्रक्रिया सुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?