News Summary
Generated by OK AI. Editorially reviewed.- जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री बालेन शाहले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
२ भदौ, काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री बालेन शाहले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। श्रेष्ठको चर्चित गीत- सयथरी बाजा, एउटै ताल, फूलको आँखामा फूलै संसार…जस्ता गीतका शब्दहरू लेखेर सामाजिक सञ्जालमार्फत उनले श्रेष्ठको स्मरण गरेका हुन्।
उनले भौतिक रुपमा नरहेपछि देखाएको बाटो, सिर्जना र विचारहरू सधैँ जीवित रहने बताएका छन्।
‘…जनकवि दुर्गालाल श्रेष्ठज्यूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ बालेनले लेखेका छन्, ‘भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन्। उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ। हार्दिक श्रद्धाञ्जली!’
प्रतिक्रिया 4