+
+
Shares

‘पारिजात’ मा खुसीसँग गौरवको एकोहोरो प्रेम

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक तथा संगीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ ।
  • अस्मिता रुचालको शब्द रहेको गीतमा प्रकाश सिलवालले स्वर तथा संगीत दिएका छन् ।
  • प्रणव केसीद्वारा निर्देशित भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्कीको मुख्य अभिनय रहेको छ ।

काठमाडौं । गायक तथा संगीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ । भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन् ।

प्रेमिल भावमा तयार गरिएको भिडियोमा एकतर्फी प्रेमको कथा प्रस्तुत गरिएको छ । खुसीप्रति आकर्षित भएका गौरव उनको प्रेममा परेपछि आफूमा परिवर्तन ल्याउँछन् ।

प्रेम प्राप्तिको आशामा रहेका गौरवले प्रेम पाउँछन् वा पाउँदैनन् भन्ने विषयलाई कथाकार शान बस्न्यातले दृश्य कथाका रूपमा प्रस्तुत गरेका छन् ।

सरल र मर्मस्पर्शी शैलीमा तयार गरिएको गीतको भिडियो गायक सिलवालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । अस्मिता रुचालको शब्दमा प्रकाश सिलवालले स्वर तथा संगीत दिएका छन् ।

घामपानी पिक्चर्स प्रोडक्सनको प्रस्तुति रहेको भिडियोका निर्माता बस्न्यात हुन् । उनले नै भिडियोको पटकथा तयार गरेका हुन् । भिडियोमा सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा, युवक लामा, कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने र सुजाता तिमल्सिनाको अभिनय छ ।

प्रणव केसीको निर्देशनमा तयार भएको भिडियोमा संगम राईको छायांकन, अञ्जली रिजालको स्टाइलिङ, ज्योति केसीको मेकअप, अलिजा सिजावालको हेयर तथा देव न्यौपानेको साउन्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?