+
+
Shares

नेपाल पर्वतारोहण संघलाई जापान सरकारको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालस्थित जापानी राजदूतावासले मनास्लु प्लेटिनम जुब्ली कार्यक्रम सफल बनाउन योगदान पुर्‍याएको भन्दै नेपाल पर्वतारोहण संघलाई ‘राजदूत सम्मान’ प्रदान गरेको छ।
  • जापानी राजदूत माइदा तोरुले काठमाडौंमा फुर गेल्जे शेर्पालाई उक्त सम्मान प्रदान गरेका हुन्।
  • शेर्पाले यो सम्मान संघका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपाल–जापानबीचको पर्वतीय सम्बन्ध सुदृढ बनाउन निरन्तर भूमिका निर्वाह गर्ने बताए।

४ भदौ, काठमाडौं । मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा आयोजित ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालस्थित जापानी राजदूतावासले नेपाल पर्वतारोहण संघ (एनएमए)लाई ‘राजदूत सम्मान’ प्रदान गरेको छ ।

नेपालस्थित जापानी राजदूत माइदा तोरुले एक समारोहबीच नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पालाई उक्त सम्मान प्रदान गरेका हुन् ।

सम्मान ग्रहणपछि अध्यक्ष शेर्पाले जापानी दूतावासबाट प्राप्त यो सम्मान नेपाल पर्वतारोहण संघका लागि ठूलो उपलब्धि भएको बताए । उनले मनास्लु हिमालको आरोहण इतिहास र नेपाल–जापानबीचको पर्वतीय सम्बन्धलाई थप सुदृढ बनाउन संघले निरन्तर भूमिका निर्वाह गर्ने बताए ।

‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन नेपाल पर्वतारोहण संघले खेलेको महत्त्वपूर्ण भूमिकाको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो । सम्मान कार्यक्रममा नेपाल पर्वतारोहण संघका पदाधिकारी तथा सदस्यहरू, पर्वतारोहण एवं पर्यटन क्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?