+
+
Shares

कांग्रेस जनसम्पर्क समितिको १४ देशमा अधिवेशन सकियो, कहाँ को सभापति बने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिका नयाँ नेतृत्व चयनका लागि सात देशमा विशेष महाधिवेशनअघि अधिवेशन भएको छ ।
  • कुवेत, नर्वे, बहराइन, ओमान, साउदी अरेबिया, यूएई र मलेसियामा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
  • अमेरिका, जापान, भारत, बेल्जियम, फ्रान्स, दक्षिण कोरिया र नेदरल्याण्डमा पनि हालै अधिवेशन गरी नयाँ समिति बनेका छन् ।

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि अधिवेशन भएको छ ।

सातवटा देशका जनसम्पर्क समितिले विशेष महाधिवेशनअघि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए ।

थप सातवटा देशमा पार्टीको केन्द्रीय नेतृत्व परिवर्तन भएपछि अधिवेशन गरेका हुन् ।

विशेष महाधिवेशन अघि अधिवेशन सक्ने जनसम्पर्क समितिमा कुवेत, नर्वे, बहराइन, ओमान, साउदी अरेबिया, यूएई र मलेसिया छन् ।

हालसालै अधिवेशन गर्ने थप देशका जनसम्पर्क समितिमा अमेरिका, जापान, भारत, बेल्जियम, फ्रान्स, दक्षिण कोरिया र नेदरल्याण्ड छन् ।

अधिवेशनबाट कुवेतमा केशर घलान, नर्वेमा पारसमणि मिश्र, बहराइनमा शेरबहादुर रावत, ओमानमा सञ्जयकुमार साह, साउदी अरेबियामा तुसनबहादुर थापा, यूएईमा भुवानीप्रसाद तिमिल्सिना, मलेसियामा चोलाकान्त पंगेनीको नेतृत्वमा नयाँ समिति बनेको छ ।

जापानमा राजेन्द्रकुमार जमरकट्टेल, दक्षिण कोरियामा भजिन्द्र क्षेत्री, नेदरल्यान्डमा जितेन्द्रकुमार श्रेष्ठ, बेल्जियममा देवेन्द्र शर्मा (देबु), फ्रान्समा शिवराम भण्डारी, भारतमा दिपक झा, अमेरिकाका मुनिन्द्र नेम्बाङ र हङकङमा शैलेन्द्रसिंह बोगटी सभापति रहेको नयाँ समिति बनेको छ ।

कांग्रेसको ३७ देशमा जनसम्पर्क समिति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?